राजनीतिस्थानीय समाचार

अन्तरिम सरकार गठनबारे आज निर्णायक छलफल

काठमाडौं। अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाको नेतृत्व र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ।

जेनजी युवाले अन्तरिम सरकार प्रमुखका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन्। आज हुने छलफलले कार्कीको नामलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा बिहीबार बिहानदेखि छलफल सुरु हुने दबताएका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि राजीनामा दिएका थिए। प्रदर्शनमा अत्याधिक बल प्रयोग भएपछि अहिलेसम्म ३० जनाकाे निधन भएको छ।

जेनजी युवाले अघि सारेको सुशीला कार्कीको नामलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत समर्थन जनाइसकेका छन्। त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि समर्थन गरेका छन्। व्यवसायी दुर्गा प्रसाईंले भने देश निकास पाउने गरी बनेको सरकारलाई आफूले स्वीकार्ने बताएका छन्।

भर्चुअल मतदानमार्फत पनि जेनजी युवाले कार्कीलाई नेतृत्वका लागि बढी समर्थन दिएका छन्। कार्की स्वयंले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार्ने बताइसकेकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com