भैरवी,गाउँपालिका.१.जलजलेमा अस्थाई प्रहरी चौकी स्थापना।

दैलेख=
भैरवी गाउँपालिका–१, जलजलेमा नयाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। जिल्लाको सुरक्षा अवस्था, सडक दुर्घटना, पेट्रोलियम उत्खनन्, नदीजन्य जोखिम तथा विपद् व्यवस्थापनका चुनौतीहरूलाई ध्यानमा राख्दै यो चौकी स्थापना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखले भैरबी गाउँपालिका–१ स्थित जलजलेमा ३१ औं प्रहरी इकाईको रूपमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले सोमबार संयुक्त रूपमा चौकीको उद्घाटन गरेकिहुन यो सङै स्थानीय जनता खुशी भएकाछन,।
धार्मिक स्थल श्रीस्थान र नाभीस्थान पुग्ने भक्तजनको सुरक्षासहित पेट्रोलियम उत्खनन् स्थल र मध्यपहाडी राजमार्ग क्षेत्रमा निगरानी बढाउने उद्देश्यले चौकी स्थापना गरिएको बताए ।
चौकीले भैरबी गाउँपालिका–१ र २ तथा महाबु गाउँपालिका–१ र २ का क्षेत्रमा अपराध नियन्त्रण, सुरक्षा चेकजाँच र स्थानीय सुरक्षामा भूमिका खेल्ने.त्यहाका, बुद्धि जीव जनसरोकारकार वाला बताछन।
हाल दैलेखमा एक जिल्ला प्रहरी कार्यालय, तीन इलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरू, अस्थायी चौकी, ट्राफिक प्रहरी कार्यालय, अदालत र प्रशासनमा कार्यरत सुरक्षा गार्डसहित ३१ वटा प्रहरी इकाई सञ्चालनमा रहेको जनाइएका छन ।
मध्यपहाडी र कर्णाली राजमार्गमा सवारी चाप बढ्दो रहेकाले प्रहरी इकाई तथा जनशक्ति अपूरो रहेको र थप व्यवस्थापनको माग स्थानीय तहबाट आवाज उढेपछी स्थापना भएको बताए ।
अब माथिल्लो डुंगेश्वर दुल्लु सडकको छिउडीपुसाकोट र कर्णाली राजमार्गको पालिमा अस्थायी प्रहरी चौकीको आवश्यक्ता छ। स्थापनाको लागी आवश्यक तयारी गर्नु पर्ने छ। सबैको साथ सहयोग चाहिएको बताए ।



