अध्यात्म/दर्शनकर्णाली प्रदेशपर्यटनप्रदेश

कणालीको धार्मिक पर्यटकीय विकासमा ईसाईहरुको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री कँडेल

50 / 100 SEO Score

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको धार्मिक पर्यटकीय विकासमा इसाई धर्मावलम्बीहरुको महत्वपूर्ण भूमिका रहेकाे बताउनुभएको छ ।

इसाई समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा ‘मुक्तिदाता यशुख्रीष्टको शुभजन्मोत्सव तथा नयाँ वर्ष २०२६’ को अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले धार्मिक पर्यटकीय विकासबाट कर्णालीको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले इसाईलगायतका धर्म, संस्कृति, भाषा, पहिचान र मूल्य–मान्यताबीचको सहअस्तित्वले नेपाली समाजलाई अझ सुदृढ बनाएको उल्लेख गर्नुभयो ।

Jesus

“नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायबीच आपसी सम्मान, सद्भाव र विश्वास कायम राख्न जरुरी छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “चाडपर्व विश्वास र मेलमिलाप बढाउने अवसर भएकाले तिनलाई समाज जोड्ने माध्यमका रुपमा उपयोग गर्नुपर्छ ।” विश्वास, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धिले विविधतालाई एकतामा रुपान्तरण गर्न सकिने उहाँको भनाई थियो ।

विविधतामाथि खलल पुग्ने कुनैपनि प्रयासका विरुद्ध सबै मिलेर अस्वीकार गर्नुपर्नेमा जोड दिँदै उहाँले समाजमा विभाजन ल्याउने गतिविधिहरुबाट सतर्क रहन इसाई धर्मावलम्बीहरुलाई आग्रह गर्नुभयो । ख्रीष्टियनहरु एकतावद्ध भई सामुहिक माग लिएर आए प्रदेश सरकार सहयोगका लागि बाध्य हुने मुख्यमन्त्री कँडेलले बताउनुभयो । उहाँका अनुसार सबै समुदायलाई निर्भिकतापूर्वक आफ्ना धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो ।

2

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात् मुलुकमा सबै धर्मप्रति सामाजिक तथा साँस्कृतिक न्याय भएको बताउनुभयो । राज्यको कुनै धर्म नभएको उल्लेख गर्दै उहाँले यशुख्रिष्टले दिएको शिक्षाले समाजमा सामाजिक न्याय, सद्भाव, मेलमिलाप र सहिष्णुता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

इसाई धर्मगुरु विशप डा.नारायण शर्माले संसार डर, शंका र लोभले भरिएको बताउँदै यसले मानव समाजमा विभाजन ल्याएको जनाउनुभयो । मानवभित्र भएको अविश्वास, डर शंकाको पर्खाल भत्काएर अगाडि बढ्ने सकेमात्र मुलुकको विकास र उन्नति हुने डा.शर्माको भनाई थियो ।

3

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य बलिमाया बुढा, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, इसाई समाज सुर्खेतका अध्यक्ष पदम गैरे लगायतले धर्म, भाषा, संस्कृति र पहिचानको संरक्षणले मुलुकको सामाजिक, साँस्कृतिक र आर्थिक विकास सहयोग पुग्ने धारणा राखेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com