प्रदेशसुदूरपश्चिम प्रदेश

ध्वस्त भए सुदूरपश्चिमका प्रमुख सरकारी कार्यालय, बिहानैदेखि सेना सडकमा

कैलाली । मङ्गलवार भएको तोडफोड र आगजनीले गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सरकारी कार्यालय ध्वस्त भएका छन् ।

WhatsApp Image 2025 09 10 at 08.49.31 d4b8ddd3

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहितका यहाँका सबै मन्त्रालयमा तोडफोड र आगजनी गरिएको छ ।

WhatsApp Image 2025 09 10 at 08.49.27 8c0ea93b

कतिपय स्थानमा मङ्गलवार लगाइएको आगो बुधकार बिहानसम्म पनि पुत्ताइरहेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनमा बुधवार बिहानसम्म पनि आगो बलिरहेको थियो ।

WhatsApp Image 2025 09 10 at 08.49.31 725d49e6

जिल्ला अदालत र सरकारी कार्यालयमा पनि ठुलो क्षति पुगेको छ ।

WhatsApp Image 2025 09 10 at 08.49.28 aa0f2e92

प्रदेश प्रमुखको कार्यालयको मूल गेट फुटाएर त्यहाँ आगजनी गरिएको छ । प्रदेश सभा , विषयगत समितिका कार्यालय र संसदीय दलका कार्यालयहरू ध्वस्त भएका छन्।

WhatsApp Image 2025 09 10 at 08.49.29 86f09cab
सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, भन्सार कार्यालय , सीटीईभीटीको प्रदेश कार्यालय, प्रदेश लोक सेवा आयोगको कार्यालय, कोष तथा लेखा नियन्त्रणको कार्यालयमा पनि आगलागीबाट ठुलो क्षति पुगेको छ ।

WhatsApp Image 2025 09 10 at 08.49.28 12b6f4d7

यातायात व्यवस्था कार्यालय ध्वस्त भएको छ ।

WhatsApp Image 2025 09 10 at 08.49.29 ea6fc803

कैलाली कारागारबाट कैदिबन्दी निस्किएका छन् । मन्त्रालय, सरकारी कार्यालय मात्र होइन मन्त्रीका घरदेखि पार्टी कार्यालयसम्म जोगिएनन् ।
आरजु राणा र लेखराज भट्टको घरसँगै कांग्रेस , एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पनि आन्दोलनकारीको निसानामा परेको थियो ।

WhatsApp Image 2025 09 10 at 08.49.31 e3d78ac4

धनगढीमा दर्जनौँ सरकारी गाडी र मोटरसाइकलमा आगजनी गरिएको छ ।

WhatsApp Image 2025 09 10 at 08.49.30 33970675

मङ्गलवार रातिबाट थप क्षति हुन नदिन नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ ।

May be an image of 3 people and ambulance

अहिले धनगढी आसपासमा नेपाली सेनाको गाडीले गस्ती गरिरहेको छ । सेनाले थप क्षति नगर्न सबैलाई आग्रह गरिरहेको छ ।

WhatsApp Image 2025 09 10 at 09.31.15 1f9916b3

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com