राजनीतिनेकपा एमाले

६ लाखभन्दा बढी सदस्यलाई चुनावमा सक्रिय हुन ओलीको पत्राचार

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी सदस्यहरूलाई सक्रिय रूपमा लाग्न आग्रह गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको पत्र देशभरका पार्टी सदस्यहरूलाई पठाइएको हो ।

पत्रमार्फत अध्यक्ष ओलीले देश निर्माणका लागि एमालेको बहुमत आवश्यक रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई जिताउन सबै सदस्यको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले बहुमत हाँसिल गर्न पार्टी सदस्यहरू उच्च मनोबलका साथ चुनावी अभियानमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

नेताहरूका अनुसार उक्त पत्र करिब ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । एमाले नेतृत्वले यो अपिल पार्टीभित्र सीमित नरही आम मतदातासम्म सन्देश पुग्ने अपेक्षा गरेको छ ।

पार्टी प्रचार विभाग संयोजक मीनबहादुर शाहीले भने, “यो पत्र पार्टी सदस्यका लागि भए पनि यसको उद्देश्य आम मतदातामा पनि सकारात्मक सन्देश प्रवाह गर्नु हो ।”

एमालेले पत्रमार्फत संगठनलाई थप चलायमान बनाउने र चुनावी अभियानलाई बलियो बनाउने रणनीति लिएको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com