नेकपा एमालेराजनीति

नेकपा एमालेको ११ औँ महाधिवेशनको नारा तय

बुधबार, १० मङ्सिर २०८२, १० : ४१

 सारांश

  • एमालेले ११औँ महाधिवेशनका लागि नारा तय गरेको छ।
  • महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले कामबारे जानकारी गराए।
  • पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प’ रहेको छ।

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि नारा तय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिएका हुन् ।

उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए । पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।

पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी उनले दिए । आफूहरूले संवैधानिक हिसाबले अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनको भनाइ छ ।

गौतमले सरकार शान्ति सुरक्षामा संवेदनशील नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com