राजनीतिनेपाली कांग्रेस

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरू भएको छ । बन्दसत्रले निर्वाचन समिति गठन गरेको छ ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) अध्यक्ष सीताराम केसी संयोजकत्वमा निर्वाचन समिति बनेको हो ।

निर्वाचन समिति सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता चलिरहेकाको छ l

 

 

वार्ता जारी रहँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको उपस्थितिमा बन्दसत्र सुरु भएको हो ।

उता, कांग्रेस संस्थापन पक्षले बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेको छ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई दिउँसो १ बजे उपस्थित हुन अनुरोध गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com