आजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशपत्रपत्रिकाबाग्मती प्रदेशसमाचारसामाजिक सञ्जालसुदूरपश्चिम प्रदेश

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ।

काठमाडौं =

२८ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि हुने अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत नाम दर्ता गर्नुपर्नेछ।

 

एनपीएल आयोजक नेपाल क्रिकेट संघ ‘क्यान’ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडी र नयाँ रुपमा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीलाई दर्ता प्रक्रिया खुला गरिएको जानकारी दिएको हो।

 

इच्छुक खेलाडीले अनलाइन लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन्। खेलाडीलाई तीन वर्ग– ‘ए’, ‘बी’ र ‘सी’ मा विभाजन गरिनेछ, र खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणी रोज्न सक्नेछन्।

 

दर्ता शुल्क प्रति खेलाडी एक हजार रुपैयाँ तोकिएको छ।

दर्ता गर्ने अन्तिम म्याद साउन ६ गते अर्थात् २२ जुलाई २०२५ सम्म रहेको आयोजकले जनाएको छ।

 

एनपीएलको दोस्रो संस्करणका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय छ । त्यसअघि आठवटै टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

 

अब पहिलो सिजनमा रिलिज भएका तथा दर्ताबाट छानिएका खेलाडीहरूमाथि अक्सनमा बोली लाग्नेछन्

 

  • नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ।
  • खेलाडीले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ र दर्ता शुल्क प्रति खेलाडी एक हजार रुपैयाँ तोकिएको छ।
  • दर्ता गर्ने अन्तिम म्याद साउन ६ गतेसम्म रहेको छ।

 

कर्णाली $

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com