स्वास्थ्यकोशी प्रदेशजीवन शैलीप्रदेश

सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ ।

नगरपालिकाको सहयोगमा काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो ।

 

सोमबारदेखि सुरु भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताइन् ।

पहिलो दिनमै १२५ जनाको जलविन्दु र मोतियाविन्दुसम्बन्धी उपचार गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । आँखाको उपचार र शल्यक्रिया सेवाका लागि चौदण्डीगढीसहित त्रियुगा र बेलका नगरपालिका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा आँखाका बिरामी शिविरमा पुगेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com