अन्तराष्टिय समाचार

फेसबुकमाथि रुसको प्रतिबन्ध

रुसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा फेसबुकमाथिको पहुँच पनि सीमित पारेको छ।

फेसबुकको रुसी सरकारी सञ्चारमाध्यमहरुले युक्रेन आक्रमणबारे फैलाएको सूचनाबारे फेसबुकले सेन्सर गरेसँगै रुसले प्रतिबन्ध लगाएको हो।

रुसका सञ्चारमन्त्रीले यो समाजिक सञ्जालले रुसी नागरिकको अधिकार र स्वतन्त्रताको हननको गरेको आरोप लगाए।

फेसबुकले भने आफूहरुले रुसी सरकारी समाचार संस्थाहरुले फ्याक्ट चेकको मापदण्ड हटाउन आग्रह गरे पनि त्यसको लागि अस्वीकार गरेको बताएको छ।

अहिले रुसले लगाएको प्रतिबन्ध फेसबुकमा मात्र हो कि मेटा कम्पनीको अन्य प्लेटफर्ममा पनि लागू  हुने भन्नेबारे केही उल्लेख गरिएको छैन।

रुसी नियामकले भने आफूहरुले फेसबुकलाई सरकारी समाचार एजेन्सीमाथिको प्रतिबन्ध हटाउन माग गरे पनि उसले अस्वीकार गरेकाले प्रतिबन्ध लगाइएको उल्लेख गरेको छ।

#facebook

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com