रसुवा बाढी अपडेट : कैलाश मानसरोवरबाट फर्किएका ५४ जना तीर्थयात्री टिमुरेमा रोकिए

सुर्खेत । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण कैलाश मानसरोवर गएर फर्किएकाहरू टिमुरेमा रोकिएका छन् । स्याफ्रुवेशी र टिमुरेको बिचमा सड्क अवरुद्ध हुँदा तीर्थयात्रीहरु धुन्चेतर्फ आउनबाट रोकिएका हुन् ।
५० जना नेपाली तीर्थयात्री र ४ जना विदेशीहरू टिमुरेमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रसुवाका एकजना अधिकृतले बताए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास हुँदै छ । नेपाल–चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण १९ जना सम्पर्क विहीन भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवा पुगेका छन् ।
- रसुवागढीमा आएको बाढीले गर्दा कैलाश मानसरोवरबाट फर्किएका तीर्थयात्रीहरू टिमुरेमा रोकिएका छन्।
- सडक अवरुद्ध हुँदा ५० नेपाली र ४ विदेशी तीर्थयात्री टिमुरेमा अलपत्र परेका छन्, उनीहरूको उद्धार प्रयास भइरहेको छ।
- लेन्डे खोलामा आएको बाढीका कारण १९ जना सम्पर्कविहीन भएका छन् भने डीआईजी र एसपी रसुवा पुगेका छन्
बाढी र पहिरोले स्याफ्रुवेशी भन्दा अगाडी केरुङ जाने सडक अवरुद्ध भएको छ ।



