आजको तस्बिरमनोरञ्जनसमाचार

‘वर्ल्ड क्लास’ नेपाली डाक्टर, जो देश फर्कन चाहन्छन्

‘टोटल एरोटिक आर्च रिप्लेसमेन्ट’ मुटुको अत्यन्तै जटिल शल्यक्रिया हो । विश्वमा यस्तो शल्यक्रिया गर्ने डाक्टरको संख्या औंलामा अटाउने छ । तीमध्येका एक हुन्- प्रोफेसर डा. मेड. मलखलाल श्रेष्ठ ।

उनी मुटु, कलेजो, फोक्सो र मिर्गौला प्रत्यारोपणका लागि विश्वप्रसिद्ध जर्मनीको हनोभर मेडिकल स्कुल -युनिभर्सिटी)को एरोटिक सर्जरी विभागका निर्देशक र कार्डियोथोरासिक ट्रान्सप्लान्ट एण्ड भास्कुलर सर्जरी विभागका कार्यकारी निर्देशक हुन् ।

प्रा. श्रेष्ठ हनोभर मेडिकल स्कुलमा २५औं वर्ष बिताइरहेका छन् । युनिभर्सिटीको प्राध्यापन, सर्जरी र प्रशासनिक कामकाजबाहेक कन्सल्ट्यान्ट सर्जन र भिजिटिङ प्रोफेसरको रूपमा एरोटिक सर्जरी सुविधा भएका वा यससम्बन्धी पढाइ हुने विश्वका ५० भन्दा बढी देश आनाजाना उनको नियमित चर्याभित्रै पर्छ ।

‘वर्षको कम्तिमा दुई हप्ताचाहिँ नेपालका लागि हो’, उनी भन्छन्, ‘सम्भव भएसम्म सपरिवार नभए, एक्लै वर्षमा कम्तिमा दुईपटक नेपालमा काम गर्ने गरेको छु ।’

योपटक भने उनी आमा सिलु सिंह (सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश, पहिलो वरिष्ठ अधिवक्ता) को देहान्त भएर लकडाउनकै बीच गत जेठ दोस्रो साता घर (सोह्रखुट्टे, काठमाडौं) आएका थिए ।

Dr Malakh lal shrestha 4

पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल आउँदा गंगालाल हृदय रोग केन्द्र र मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा उनको समय बित्छ । यसपटक आमाको काजकिरियापछि पनि दुई अस्पतालमा केही समय बिताए । सधैंझैं तालिम-परामर्श दिनुका साथै केही अपरेसन पनि गरे ।

भास्कुलर, बिटिङ हर्ट कार्डिक, कोरोनारी एण्ड भल्भ र एरोटिक सर्जरीमा हासिल गरेको उपलब्धीले मलख श्रेष्ठलाई युरोपको प्रख्यात हार्ट सर्जनहरूको सूचीमा पारेको छ ।

एरोटिक सर्जरी मुटुमा जोडिने नलीसँग सम्बन्धित हुन्छ । मुटुसँग सम्बन्धित सबै किसिमका सर्जरीमा पोख्त सर्जन नै एरोटिक सर्जन हुन्छ । यो ख्यातीका साथ विश्व विचरण गरिरहने श्रेष्ठ यो उचाइको सफलता पाउने नेपालीमूलका पहिलो मेडिकल डाक्टर हुन् त ?

‘त्यस्तो दाबी नगरौं’, उनले अनलाइनखबरसँग भने, ‘राम्रै काम गरिरहेको छु भन्ने लाग्छ, त्यत्ति हो ।’

विश्वमा पहिलोपटक कलेजो र फोक्सो प्रत्यारोपण गरेको हनोभर मेडिकल स्कुलमा मलखलाल श्रेष्ठको प्रवेश एमबीबीएस सकेको प्रशिक्षार्थीका रूपमा सन् १९९५ मा भएको थियो ।

बुढानीलकण्ठ स्कुलबाट एसएलसी (२०३८ को बोर्ड दशौं) र अमृत साइन्स क्याम्पसबाट प्रथम श्रेणीमा आईएस्सी गरेका उनले कोलकाता युनिभर्सिटीबाट एमबीबीएस पनि प्रथम श्रेणीमै गरेका थिए ।
सन् १९९२ मा कोलकाताबाट फर्केर वीर अस्पतालमा काम थालेको चार वर्ष पुग्नै लाग्दा हार्ट सर्जरी कोर्सको छात्रवृत्ति पाएर उनी हनोभर मेडिकल स्कुलमा भर्ना भएका थिए ।

दुईवर्षे कोर्समा उत्कृष्ट नतिजा निकालेपछि एड्भान्स कोर्सका लागि त्यहीँ अर्को छात्रवृत्ति पाएका उनी जर्मन मेडिकल सिस्टमअनुसार २००२ मा हार्ट सर्जन बने । त्यसबीचमा अन्तर्राष्ट्रिय ख्यातीका मेडिकल जर्नलहरूमा उनको १५ वटा रिसर्च आर्टिकल प्रकाशित भइसकेका थिए ।

त्यही गतिमा काम र अध्ययन गर्दै गएका उनले त्यसपछिका समयमा आठभन्दा बढी जर्नलमा दर्जनौं आर्टिकल प्रकाशन र २००५ मा पीएचडी गरे । त्यसलगत्तै उनलाई हनोभर मेडिकल स्कुलका तत्कालीन कार्डियोथोरासिक ट्रान्सप्लान्ट एण्ड भास्कुलर सर्जरी विभाग प्रमुख प्रा.डा. मेड. एक्सेल हृयाभरिचले असिस्टेन्ट प्रोफेसरमा नियुक्तिको सिफारिस गरे । अहिले मलख तिनै प्रोफेसर हृयाभरिचको स्थानमा छन् ।

मलख श्रेष्ठ २००९ मा हनोभर मेडिकल स्कुलमै दोस्रो पीएचडी गरेर २०१२ मा ३९ वर्षको उमेरमा प्रा.डा मेड. (मेडिकल) बनेका हुन् । जर्मनीमा प्रोफेसर बन्न डबल पीएचडी र दर्जनौं जर्नल आर्टिकल अनिवार्य हुन्छ । अहिले त युरोप-अमेरिकाका नामी जर्नलहरूमा प्रा. डा. मेड. श्रेष्ठको सयभन्दा बढी आर्टिकल प्रकाशित छन् ।

देश फर्कने चाहना

प्रोफेसर मानिकलाल श्रेष्ठ र सर्वोच्च अदालत बारका संस्थापक उप-सभापति समेत रहेकी स्वर्गीय शिलु सिंहका छोरा मलख उतै बस्न जर्मनी गएका थिएनन् । ‘खासमा, पीएचडी सकेर २००५ मै र्फकने पारिवारिक योजना थियो’, उनी भन्छन्, ‘अब पनि फर्केर नेपालमै काम गर्न चाहन्छु । तर पहिलाजस्तै परिस्थितिले साथ दिइरहेको छैन ।’

पीएचडी सकेर नेपाल फर्कन विभिन्न च्यानलमार्फत स्वास्थ्य मन्त्रालमा सम्पर्क गर्दा उनले ‘मेडिकल अफिसरको जागिर खाने भए आए हुन्छ’ भनेर हतोत्साही बनाउने सन्देश पाएका थिए । उता प्रोफेसर हृयाभरिच आफ्ना विद्यार्थी मलखको प्रतिभा नेपालको स्वास्थ क्षेत्रमा उपयोगी हुन नसक्ने निचोडमा थिए । तर, उनी उतै अड्किए ।

अर्को वर्ष प्रो. हृयाभरिचले उनलाई कार्डिक भल्भ एण्ड कोरोनारी सर्जरी विभागको उप-निर्देशक बनाए । अर्को वर्ष एरोटिक सर्जरी विभागको निर्देशकमा नियुक्त भए । एउटा नेपाली हनोभर मेडिकल स्कुल जस्तो प्रतिष्ठानमा यो तहको जिम्मेवारीमा पुग्नु वास्तवमै ठूलो विषय थियो ।

तर, पनि प्रो. मलख जहिल्यै आफूलाई नेपाल र्फकने तयारीमा रहेको पाउँछन् । दुई सन्तानलाई नेपाल सम्झाइराख्न घरमा नेवारी र नेपाली भाषा अनिवार्य गरेका छन् । हरेक वर्ष कम्तिमा दुईपटक परिवारलाई नेपाल ल्याएर परिवार र समाजमा घुलमिल गराउँछन् ।

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर लामै कुराकानी गर्दा देश फर्केर काम गर्ने श्रेष्ठको चाहना फेरि एकपटक जुर्मुराएको छ ।

नेपाल फर्केर उनले भटाभट एरोटिक सर्जरी गर्न वा टोटल एरोटिक आर्च रिप्लेसमेन्ट विषय पढाउन सक्ने अवस्था छैन । तर, नेपाल सरकारले प्रविधिसमेत भित्र्याउने गरी खास किसिमको पहल गर्‍यो भने उनले काम गर्ने ठाउँ बन्छ । एउटा ‘वल्र्ड क्लास डाक्टर’ काठमाडौं आएको छ भन्ने सुनेर प्रम ओलीले नै बोलाएर दुई घण्टा गरेको बातचितबाट आफू निकै आशावादी बनेको प्रा.डा. मेड. श्रेष्ठ बताउँछन् ।

जर्मन सिस्टममा उनी रिटायर्ड हुन अझै १० वर्ष बाँकी छ । हनोभर मेडिकल युनिभर्सिटीमा अब उनी पुग्नुपर्ने तह बाँकी छैन । ‘तर नेपाल सरकारले चाहृयो भने यही या अर्को वर्ष नै पनि र्फकन म तयार छु’, उनी भन्छन् ।

अनलाइन खबरबाट साभार गरिएको

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com