कोशी प्रदेशप्रदेशबिज्ञान प्रविधिशिक्षा

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लास्थित सबै माध्यमिक विद्यालयमा पूर्वाधार निर्माण र आइसिटी (सूचना प्रविधि) पहुँच विस्तारको कार्यक्रम सुरु हुने बताएका छन् ।

धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित कार्यक्रममा fausses montres  मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र यो कार्यक्रम पूरा गर्नेगरी योजना अघि बढाइएको जानकारी दिए । सो अवसरमा उनले फाउन्डेसनले सहिद भूमि–६ मा निर्माण गरेको ठाकुरदेवी माविको भवन उद्घाटन गरे । ९२ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

मुख्यमन्त्री कार्कीले शिक्षा क्षेत्र सुधारका लागि प्रदेश सरकारले ठोस कदम चालेको उल्लेख गर्दै भने, ‘यो केवल भवन निर्माण मात्र होइन, ज्ञान र प्रविधिको आधार तयार पार्ने अभियान हो ।’

सिपी फाउन्डेसनका अनुसार ठाकुरदेवी विद्यालय निर्माणपछि सहिद Rolex replica भूमि गाउँपालिकाभित्रका सबै विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाइनेछ ।

फाउन्डेसनका संस्थापक सिपी खेतानले विभिन्न दातृ संस्थाको सहकार्यमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयमा पूर्वाधार तथा आइसिटी निर्माण गरिने जानकारी दिए । उक्त परियोजना करिब रु १५ अर्बको लगानीमा अघि बढाइएको हो ।

सो अवसरमा सहिद भूमि गाउँपालिका र सिपी फाउन्डेसनले गाउँपालिकालाई Rolex Fake watches
‘नमूना पालिका’ बनाउने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीअनुसार पालिकामा करिब रु दुई अर्बदेखि रु तीन अर्ब लगानी हुने र सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यमशीलता तथा सडक कालोपत्र गरिने छ ।

सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि परेको सहिद भूमि पालिकालाई ‘नमूना पालिका’का रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com