जीवन शैलीसमाचारस्थानीय समाचार

आदिवासी मुद्दामा सहकार्यका लागि आयोग र फोनिजबीच सहमति

आदिवासी जनजाति आयोग र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बीच आदिवासी समुदायका मुद्दामा संयुक्त रूपमा अगाडि बढ्ने सहमति भएको छ ।

ललितपुरको पुल्चोकस्थित आयोगको कार्यकक्षमा बुुधवार दुवै संस्थाका पदाधिकारीहरूबीच उक्त सहमति भएको हो। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगका गतिविधि मिडियामार्फत आम जनसमुदायसम्म पुर्‍याउनका लागि फोनिजसँग सहकार्य आवश्यक भएको बताए। उनले भने, “आयोगले गरेका कामहरू प्रचारप्रसारमा पुग्न नसक्दा प्रगति ओझेलमा परेको छ।”

फोनिजको उद्देश्य पनि आदिवासी विषयवस्तुको पैरवी गर्नु र सञ्चारमाध्यममार्फत तिनलाई जनसमक्ष पुर्‍याएकाले आयोगले फोनिजसँग सहकार्य गर्न चाहेको उनको भनाइ थियो।

आयोगका सदस्य सूर्यबहादुर गुरुङले आदिवासी जनजाति पत्रकारसँग समन्वय नहुँदा कतिपय महत्वपूर्ण विषयवस्तु जनतामाझ पुर्‍याउन कठिनाइ भएको उल्लेख गर्दै अब भने फोनिजसँग मिलेर काम गर्ने विश्वास व्यक्त गरे। अन्य सदस्यहरू शरण राई, मिन श्रीसमगर र रिना रानाले पनि फोनिजसँग सहकार्य गरेर आदिवासी समुदायका मुद्दा प्रभावकारी रूपमा अगाडि बढाउन सकिने धारणा राखे।

छलफलमा फोनिजका अध्यक्ष लक्की चौधरीले आयोगसँग सहकार्य गर्न फोनिज तयार रहेको बताउँदै सञ्चारको माध्यमबाट आदिवासी समुदायको आवाज बुलन्द पार्ने काममा पूर्ण साथ रहने प्रतिवद्धता जनाए। उनले संविधानमा सुनिश्चित अधिकारका लागि कानुनी दबाब, सफलताको कथाहरू उजागर गर्ने लगायतका विषयमा पनि सहकार्य हुने स्पष्ट गरे।

कार्यक्रममा आयोगका सचिव बुद्ध गुरुङ, फोनिजका उपाध्यक्ष अन्जना शिल्पकार, महासचिव समिर बलामी, संस्थागत सचिव सुनिल महर्जन, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा आयोगका अध्यक्ष थापा मगरले नवनिर्वाचित फोनिजका पदाधिकारीहरूलाई बधाई तथा स्वागत गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com