सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालमा १ सय ७९ नमुनाको परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । हालसम्म सो अस्पतालमा  १ सय ७९ जनाको मृत्यु भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले  जानकारी दिए ।

अस्पतालका अनुसार अहिले आईसीयुमा ९ र भेन्टीलेटरमा २ जना रहेको श्रेष्ठले बताए । उनले पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएको जानकारी दिए ।  त्यसमध्ये ४ जना निको भएका ३ जनाको  संक्रमणबाट मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page