थपिएका ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

२०७८ जेष्ठ २७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र एक जना राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार खगराज अधिकारी, गणेश पहाडी, नारद मुनि राना, राजकिशोर यादव, मोहन बानियाँ, नैनकला थापा र ज्वालाकुमारी साहलाई मन्त्री र आशाकुमारी विकलाई राज्यमन्त्री नियुक्त गरेका थिए।

अधिकारीलाई गृह, पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, रानालाई वन तथा वातावरण, यादवलाई उद्याोग वाणिज्य तथा आपूर्ती, थापालाई सञ्चार तथा सूचना प्रविधि र साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। बानियाँलाई भने बिनाविभागीय मन्त्री बनाइएको छ। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको छ भने विकलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यससँगै ओलीको मन्त्रिमण्डल २५ सदस्यीय पुगेको छ। संविधान अनुसार संघीय मन्त्रिपरिषद् २५ जना भन्दा बढीको बनाउन पाइँदैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page