अपराध /सुरक्षाबिज्ञान प्रविधिरोजगार

वैदेशिक रोजगार विभागको वेबसाइटमा साइबर हमला, अनलाइन श्रम स्वीकृति ठप्प

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक   रोजगार विभागको वेबसाइट साइबर आक्रमणका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । ह्याकरले प्रणालीमाथि नियन्त्रण जमाएपछि विभागले प्रवाह गर्दै आएका वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण अनलाइन सेवा प्रभावित भएका हुन् ।

विभागको वेबसाइट खोल्ने प्रयास गर्दा हाल ‘योर कनेक्सन इज नट प्राइभेट’ अर्थात् सुरक्षित पहुँच नभएको सूचना देखिन्छ । प्राविधिक रूपमा यो वेबसाइटको सेक्युरिटी लेयर (एसएसएल सर्टिफिकेट) मा समस्या आएको वा  त्यसलाई निष्क्रिय पारिएको सङ्केत हो ।

 

यसअघि विभागको वेबसाइटबाट इन्डेक्स भएका पेज गुगल सर्च इन्जिनमा हेर्दा जुवा तथा बेटिङ साइटको प्रचार सामग्री देखिएका थिए । यही कारणले पनि वेबसाइट ह्याक भएको आशङ्का गरिएको हो ।