बहुप्रतिक्षीत फिल्म ‘प्रेम गीत ३’को हिन्दी डबिङ सकियाे

२०७७ चैत्र २९, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं- बहुप्रतिक्षीत फिल्म ‘प्रेम गीत ३’को हिन्दी डबिङ सकिएकाे छ। बलिउडका प्रविधिकको सहकार्यमा भारतीय कलाकारले डबिङ गरेका हुन्।

सम्पूर्ण काम सकिने बित्तिकै विश्वका बिभिन्न भाषामा फिल्म प्रदर्शन गर्ने तयारी रहेको निर्माता सन्तोष सेनले बताए।

भारतका चर्चित कलाकारले ‘प्रेम गीत ३’मा डबिङ गरेका छन्। चर्चित  फिल्म बाहुबलीमा आवाज दिइसकेका मनोज पाण्डेले समेत ‘प्रेम गीत ३’मा डबिङ दिएको निर्माण पक्षले जनाएकाे छ।

योसँगै फिल्म अब छिट्टै प्रर्दशन हुने निर्माता सेनले बताए। फिल्ममा आजभन्दा २ सय वर्षअघिको प्रेमलाई पर्दामा उतारिएको छ। फिल्ममा स्वर्गीय छेतन गुरुङ र सेनको निर्देशन छ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, अनुभव रेग्मी, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page