मधेश प्रदेशअन्यशिक्षासमाचारस्थानीय समाचार

छात्रालाई मन पराउने शिक्षक प्रहरी हिरासतमा

रौतहट , सामाजिक शिक्षा अध्यापन गर्ने एक शिक्षकले आफ्नै विद्यालयका एक छात्रामाथि कुदृष्टि राखेको आरोपमा पक्राउ परेका छन् । श्रीपुर माध्यमिक विद्यालय गरुडा–९ मा अध्यापन गर्ने ४९ वर्षीय शिक्षक रवीन्द्र प्रसाद साहले कक्षा १० मा अध्ययनरत एक १६ वर्षीय छात्रालाई मोबाइल सन्देशमार्फत अभद्र शब्द प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शिक्षक साहले ती छात्रालाई हयापी बर्थ डे मेरी जान जस्ता शब्दको मोबाइल सन्देश पठाएपछि बिद्यार्थीहरु आक्रोशित हुँदै  प्रदर्शन गरेका थिए । सो विद्यालयका प्राध्यानाध्यापक राम आधार पासवानका अनुसार पक्राउ परेका शिक्षक साहले कक्षा ७ सम्म अङ्ग्रेजी र कक्षा ९ लाई सामाजिक विषयको अध्यापन गर्दै आएका थिए । साहलाई पक्राउ गरी प्रहरी कार्यालयमा लैजाने क्रममा आक्रोशित बिद्यार्थीहरुले ढुङ्गमुढा बर्षाउन थालेपछि प्रहरीले एक राउण्ड अश्रुुशेल प्रहार गरेको जनाइएको छ ।

सो क्रममा चार प्रहरी सामान्य घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले छात्रामाथि दुब्र्यबहार गर्ने शिक्षक साह पक्राउ गरिएको बताए । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार प्रारम्भिक प्रमाणका आधारमा शिक्षक साहलाई नियन्त्रणमा लिइएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com