सुर्खेत l प्रतिनिधिसभा निर्वाचन २०८२ हुन ३ महिना अगि मात्रै स्थापना भएको श्रम संस्कृती पार्टीलाई हर्क साम्पाङ्ग राई ज्युले निर्वाचन आयोगमा दर्ता गरेका थिए ।
सो पार्टीले निर्वाचनमा भाग लिन प्रत्यक्ष तर्फबाट १०९जना र समानुपातिक तर्फ ११० उम्मेदवार उठाएको थियो l निर्वाचन मत परिणाम सोचे जस्तो नपाए पनि पाँचौ स्थानमा अग्रता रहि राष्ट्रिय पार्टी बन्न भने सफल भएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा उक्त पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो। सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो।
श्रम संस्कृती पार्टीले थ्रेसहोल्ड कटाउन सफल भए पनि समानुपातिक सिट मिलाउन एक्दैम गार्हो थियो ,तर पनि अध्यक्ष ज्युले सविधानमा समावेशि व्यवस्था भए झै र श्रम संस्कृती पार्टीको विधानमा पनि समावेशी सम्मानता व्यवस्था भएझै खस आर्य मधेसी दलित जनजाति उत्पीडित पिछडिएका प्रदेश जिल्लालाई समेट्दै ठिक निर्णय लिन सफल हुनुभएको छ । निर्वाचन आयोगले राष्ट्रिय ६वटै पार्टीहरुलाई बाडेको सिट मध्य श्रम संस्कृती पार्टीले पनि ४सीट परेको थियो ।
श्रम संस्कृती पार्टी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार आदिवासी महिलातर्फ हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलातर्फ अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजातितर्फ पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने टुङ्गो लागेको छ।
(१)भुमिका निर्वाह गर्ने अहरात खटिने श्रमयुद्धाहरु कर्णाली प्रदेश समियोजक भक्त बहादुर भराइली, प्रदेश सचिव प्रकाश् युवराज नेपाली, प्रेस सल्लाहकार तथा पार्टी प्रबक्ता दीपक साउद, उपाध्यक्ष शंकर किशोर अभय ,कोसअध्यक्ष कृष्ण बंशि मागर ,र अहिले समानुपातिक संसद राधिका रम्तेल ।
(२)सुर्खेत जिल्ला समियोजक डम्बर सिजालीको टिम ।
( ३)जुम्ला जिल्ला देखि बिनसोभा सार्कीको टिम।
(४)हुम्ला जिल्ल देखि टाशी लामीको टिम ।
(५) मुगु जिल्ला देखि रन्जन नेपाली को टिम ह
(६) कालिकोट देखि दीपक बिश्वकर्मा को टिम
(७) दैलेख देखि लोकराज थापा को टिम
(८) सल्यान देखि याम बहादुर बुढा को टिम
(९)जाजरकोट देखि लोकेन्द्र शर्मा को टिम
नाम नखुलेको भए पनि डोल्पा रुकुम पश्चिम् बाट पनि त्यहाको टिमले साथ सयोग गरेको थियो ।
माथी जुनसुकै लेखेको भएनी यसमा महत्त्वपूर्ण भुमिका आदरणीय श्रमदाताज्युहरु कर्णालीबासी आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरुको अमुल्य भोट अनि श्रमदानको युगदान र सयोग रहेको थियो ।