प्रदेशकर्णाली प्रदेशसमाचारस्थानीय समाचार

मंगलगढीमा आकाशे पुल बनाउन ठेक्का आह्वान

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चोकमा स्टिल संरचनाको पैदल यात्री आकाशे पुल निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ । सोमबार प्रकाशित सूचनामार्फत नगरपालिकाले राष्ट्रियस्तरका योग्य निर्माण व्यवसायीहरूलाई बोलपत्र दिन आग्रह गरेको हो ।

करिब १६ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको सो आकाशे पुलका लागि बोलपत्र जमानत रकम ४ लाख ३० हजार रुपैयाँ तोकिएको छ । बोलपत्रदाताहरूले दस्तुर स्वरूप ३ हजार रुपैयाँ बुझाउनु पर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति साउन २१ गते  दिउँसो १२ बजे तोकिएको छ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलीनेछ ।

बोलपत्रदाताहरूले आवश्यक जानकारी र बोलपत्र फारम अनलाइन प्रणाली मार्फत (www.bolpatra.gov.np/egp) प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। नगरपालिकाले समयमै बोलपत्र बुझाउन र आवश्यक जमानतपत्र १२० दिनसम्म मान्य हुने गरी पेश गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com