प्रदेशअपराध /सुरक्षामधेश प्रदेश

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ६ जना घाइते

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

Lokantar 810x90 2 hcO7or36mO
850x150 ad ezgif.com resize Ldh7Kf9Ce1

जिल्लाको विदेह नगरपालिका–२ स्थित नेपाल–भारत सीमामा तस्करीको सामान भित्र्याएको सूचनाका आधारमा जाँच गर्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि समूहले आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बरुणबहादुर सिंहले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार घाइते भएका प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी आएको उनले बताए ।

810x90
Gif SME 1100x110pxl ezgif.com resize bmZ9Ldv6t0

घटना बिहीबार साँझ ७ बजेतिर भएको हो । सशस्त्र प्रहरीको टोली पुगेलगत्तै तस्करहरूको समूहले ढुंगामुढा प्रहार गरेको थियो ।

झडपका क्रममा तस्कर समूहका कोही घाइते भएको र कुनै सामान बरामद भएको विवरण नआएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com