समाचार

साढे अठार करोडमा छिन्चु बसपार्क बन्दै

सुर्खेत, ७ माघ ।
शहरी पूर्वाधार विकास कार्यक्रम (UIDP) अन्तर्गत भेरीगंगा नगरपालिका, सुर्खेतमा छिन्चु बसपार्क आयोजनाका लागि ऋण सम्झौता भएको छ । सन्तुलित शहरी विकास आजको आवश्यकता भएसंगै नगर विकास कोषले बढी भन्दा बढी नगरपालिकाहरुलाई शहरी पूर्वाधार विकासमा वित्तिय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप भेरीगंगा नगरपालिका, सुर्खेत को वडा नं. १२ मा निर्माण हुने ‘छिन्चु वसपार्क (Chhinchu Bus Park)’ आयोजना निर्माणका लागि भेरीगंगा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता कार्यक्रममा नगरपलिकाका उपप्रमुख रेणु आचार्य (ढकाल) को समेत महत्वपूर्ण उपस्थिती रहेको थियो ।

यस छिन्चु वसपार्क (Chhinchu Bus Park) आयोजना निर्माणको कुल अनुमानित लागत रकम १८ करोड ५८ लाख २० हजार रहेकोमा ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

Nagar

कर्णाली प्रदेशको राजधानी सुर्खेतको दोस्रो स्थान छिन्चुमा निर्माण हुने बसपार्कको यो आयोजना प्रदेशकै एक महत्वपूर्ण र नमूना आयोजनाको रुपमा हेरिएको छ । करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त बसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान दिनेछ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखले यस आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजनाले कर्णाली प्रदेशवासीलाई व्यवस्थित शहरी सेवा सुविधा प्रवाह गर्ने बताउनुभयो । आयोजना गुणस्तरीयरुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विचार राख्दै आयोजनामा कोषको प्राविधिक सहयोगको समेत अपेक्षा राख्नुभयो जसले आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न हुन मद्दत पुग्नेछ ।

ऋण सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले अत्यन्त महत्वपूर्ण स्थानमा बन्न लागेको वसपार्कले पूर्वाधारको मात्र विकास होइन उक्त क्षेत्रकै समष्टिगत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आयोजना समयमै निर्माण सम्पन्न भई उक्त क्षेत्रको मुहार परिवर्तनका लागि महत्वपूर्ण हुने विचार राख्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com