अन्तराष्टिय समाचारआजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशसमाचारसामाजिक सञ्जाल

भीषण बाढीमा उद्धारमा खटिएका प्रहरीसहित १८ जना सम्पर्कविहीन ।

 

रसुवागढिमा बाढि र पहिराेले व्यापक क्षति पुर्यायकाे खबर छ नदिछेउ बसाेबास गरिरहनुभयका महानुभाव हरु सतर्क रहनु हाेला। गय राति ३:१५ बजे देखि पहिराे सहित आयकाे बाढीले  पुल सहित केही सवारि साधन बगायकाे खबर छ। घट्नास्थलमा सुरक्षा कर्मि र स्थानियकाे सकृयता बढेकाे छ ,खाेज तथा उद्वार कार्य भैरहेकाे खबर छ। FB IMG 1751948499444

रसुवामा भारी वर्षापछिको बाढीले मालबाहक कन्टेनर , चीनसित जोडिएको नाकाको पुल बगाएको छ ,रसुवामा चीनबाट आएको बाढीले १८ जना बेपत्ता भएका छन् ।  बेपत्तामध्ये ९ नेपाली, ८ चिनियाँ र ३ प्रहरी रहेका छन्। बाढीपछि उद्धार कार्य जारी छ।

रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या १८ जना पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ३ बजे चीनतर्फ रसुवाको गोसाइकुन्ड गाउँपालिका -२ रसुवागढीमा आएको बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा तीन प्रहरी,  ९ जना नेपाली कामदार र  ६ जना चिनियाँ कामदार रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ,प्रहरी जवानहरू मुन्ना ठाकुर र लोकेन्द्र बोहरा उद्धारमा खटिएका थिए। त्यसक्रममा उनीहरू तीनै जना सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

बाढीमा फसेका ९ जनाको भने उद्धार भएको छ। सशस्त्र प्रहरी बलका एक जना, नेपाल प्रहरीका एक जना र सात जना स्थानीयलाई उद्धार गरिएको रसुवा प्रहरीले जनाएको छ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पुर्ण रुपमा क्षति भई मानिस र सवारी साधनमा आगत जावत बन्द भएको छ।

गोसाइकुण्ड गाउँपालिका- २ मा रहेको विद्युती सवारीसाधन चार्जिङ स्टेशनमा पनि क्षति पुगेको छ।  बाढीले ७/८ वटा विद्युतीय गाडी बगाएको र भन्सार कार्यालय ‍यार्डमा क्षति पुगेको छ।  साथै रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको प्रहरीले जनाएको छ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com