राजनीतिनेकपा एमाले

बिधा भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्

 

काठमाडौं, ४ साउन । पुर्व राष्ट्रपति बिधादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रवेश गरेकी छिन् ।

 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता तय भए पछि उनी एमाले केन्द्रिय कार्यालयमा प्रवेश गरेकी हुन् ।

 

केही बेरमा प्रधानमन्त्री ओली पनि त्यहीँ पुग्दैछन् ।

 

पुर्व राष्ट्रपतिको हैसियतमा पाउने सुरक्षाबाहेक अन्य सबै सेवा सुबिधा त्याग गरेर एमालेको भावी नेतृत्वका लागि गृह कार्य गरिरहेकी भण्डारीले पार्टी सदस्यता नविकरणसमेत गरेकी छिन् ।

 

तर, हिजो सम्पन्न बैठकले उनको सदस्यता पेन्डिङमा राखेको जनाए लगत्तै उनी च्यासलस्थित एमाले कार्यालय पुगेकी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com