आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा बिहीबार भइरहेको खेलमा नेपालले निर्धारित १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको हो ।


टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसीले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
टस जितेर पहिला बलिङ गरेको इटालीका लागि क्रिसन कलुगामागेले ३ विकेट लिए । यस्तै बेन मनेन्टीले २ विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले १–१ विकेट लिए ।