Site icon Hamropusta

मिन्डानाओ नागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन

 

 

मिन्डानाओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौताको ८ औँ वार्षिकोत्सव मनाउन जनवरी २४ मा अन्तर्राष्ट्रिय अनलाइन शान्ति सम्मेलन आयोजना हुनेछ। यो दिनलाई फिलिपिन्सको मागुइन्डानाओ प्रान्त मोरो इस्लामिक लिबरेशन फ्रन्ट ( एमआइएलएफ ) द्वारा एचडब्लूपीएल शान्ति दिवसको रूपमा तोकिएको थियो।

 

 “स्वर्ग पृथ्वीमा शान्तिको नियमभन्ने विषयका साथ आयोजना हुने कार्यक्रममा हजारभन्दा बढी सामाजिक प्रतिनिधिहरू भेला हुने मानिएको साथै, यो कार्यक्रमले डिक्लेरेसन अफ पिस एण्ड सेस्सेसन अफ वार (डिपीसिडब्लू) मा आधारित रहेर शान्तिको लागि अन्तर्राष्ट्रिय कानून स्थापना गर्न धर्महरू बीच अन्तरविश्वास सद्भावलाई प्रोत्साहित गर्न जनताको समर्थन जुटाउने ठाउँको रूपमा काम गर्नेछ।

 

संचालक संस्थाहेवेनली कल्चर, वर्ड पिस, रिस्टोरेसन अफ लाईट (एचडब्लूपीएल), संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद् (इकोसक) युएन डिपार्टमेन्ट अफ ग्लोबल कम्युनिकेसन्स (डिजीसी) सँग सम्बन्धित गैरसरकारी संस्था हो। विश्व शान्ति युद्ध समाप्तिको लागी यो संगठनले २०१३ देखि विभिन्न शान्ति गतिविधिहरु गर्दै आएको छ।

 

एचडब्ल्यूपीएलका अध्यक्ष ली मानहीले सन् २०१४ जनवरी २४ मा मागुइन्डानाओका तत्कालीन गभर्नर आदरणीय  इस्माइल जी. मंगुदादातु डाभाओ आर्कडियोसेसका आर्कबिशपइमेरिटस फर्नान्डो क्यापाला द्वारा इस्लाम क्याथोलिक समुदायबीच भएको शान्ति सम्झौतासँगै मिन्डानाओमा शान्ति स्थापनाका प्रयासहरूमा योगदान दिन फिलिपिन्सको भ्रमण गर्नुभयो। सम्झौता मार्फत, हरेक वर्ष मगुइन्दनाओ प्रान्तले २०१५ जनवरी २४ लाई एचडब्लूपीएल शान्ति दिवसको रूपमा स्थापना गरे फिलिपिन्समा पहिलो शान्ति स्मारक निर्माण भयो।

 

त्यसबेलादेखि, शान्ति सम्झौता मिन्डानाओ क्षेत्रका नागरिकहरूमाझ शान्तिको चेतना जगाउनको लागि भव्य शान्ति उत्सवहरु अन्तरविश्वास सम्मेलनहरू जस्ता वार्षिक स्मरणात्मक कार्यक्रमहरू जारी राखिएको थियो। जनवरी २४, २०१६  मा नागरिक नेतृत्वको शान्ति सम्झौताको दोस्रो वार्षिकोत्सवमा, एचडब्लूपीएल शान्ति स्मारकको अनावरण समारोह सुल्तान कुदारात, मिन्डानाओमा एमआइएलएफ को छाउनी दारापानन भित्र आयोजित गरिएको थियो, जबकि जनवरी २४ लाई मुस्लिम मिन्डानाओ बाङ्सामोरो स्वायत्त क्षेत्रका मुख्यमन्त्री(बिएआरएमएम )का आदरणीय अहोद इब्राहिमद्वारा पनि शान्ति दिवसको रूपमा घोषणा गरिएको थियो 

कार्यक्रमका प्रमुख वक्ताहरु फिलिपिन्स नेसनल प्रेयर ब्रेकफास्ट (पीएनपीबि) का अध्यक्ष जस्टिस राउल भिक्टोरिनो (आरइती), श्री श्री राधा माधव मन्दिरका मन्दिर अध्यक्ष प्रभु महेन्द्र दास उच्च शिक्षा आयुक्तका (सिएचइदी) आयुक्त डा. रोनाल्ड अदामाट हुनेछन्। साथै कानून, शिक्षा, युवा, महिला, सञ्चारमाध्यम लगायत विभिन्न क्षेत्रका प्रतिनिधिले शान्तिप्रति प्रतिबद्धताका सन्देश दिनेछन्

सबै जनालाई जनवरी २४,२०२२  सोमबार साँझ :०० देखि :३० सम्म (फिलिपिन्स समय) :४५ देखि :१५ सम्म (नेपाली समय) https://www.facebook.com/hwplph/  मा फेसबुक मार्फत लाइभ स्ट्रिम हेर्न आमन्त्रित गरिएको छ।

Exit mobile version