Englishअन्तरवार्ताअन्तराष्टिय समाचाररोजगारसम्पादकीय

साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखाले तिन परिवारहरुलाई ऋण मिनाहा संगै राहत वितरण

107425372 289456125740102 2430299498755505662 n

साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखाले सोमबार शेयर सदस्यको मृत्यु हुदा निजको परिवार सदस्यलाइ वितरण गरिने “परिवार राहत कार्यक्रम” अन्तर्गत तिन परिवारहरुलाई ऋण मिनाहा संगै राहत वितरण गरेको छ ।

 बिस्वनै कोरोना भाइरस अर्थात कोभिड -१९ को जोखिम परिस्थितिमा गुज्रिरहेको बेला यो कठिन परिस्थितिमा साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखा प्रबन्धक लक्ष्मी प्रसाद रिजालको नेतृत्वमा शेयर सदस्यहरुको घर-घरमा गएर परिवारहरुलाई ऋण मिनाहा संगै राहत वितरण गरेको हो ।   

107834998 613168195989571 4809146340105743356 n

राहत पाउनेहरुमा अर्जुनधारा वार्ड न.५ निवासी शेयर सदस्य पशुपति भट्टराईको मृत्यु भएकोले शेयर सदस्यको मृत्यु हुदा निजको परिवार सदस्यलाइ वितरण गरिने “परिवार राहत कार्यक्रम” अन्तर्गत निजको ८७ बर्सिय आमा र दुर्घटनामा परेर ओछ्यानमा थलिएकी निजको श्रीमती लक्ष्मी भट्टराईलाइ राहत स्वरूप २,००,००० ( दुइ लाख ) उपलब्ध गराइयो त्यसैगरी अर्जुनधारा वार्ड न.५ निवासी लघुवित्त समुहमा आबद्ध उमा देवी चिमरियाको मृत्यु भएको हुदा निजले लिएको ४,००,०००  ( चार लाख ) कर्जा रकम मिनाहा साथै राहत स्वरूप काज क्रिया खर्च बापतको रकम निजको छोरि सरु मैनालीलाइ एकमुस्ट ५,२१,१४७ रुपैया उपलब्ध गराइयो भने “परिवार राहत कार्यक्रम” अन्तर्गत अर्जुनधारा वार्ड न.८ निवासी शेयर सदस्य सिधार्थ सोमानीको मृत्यु भएकोले निजको श्रीमती लिला देवी सोमानीलाइ २,००,००० ( दुइ लाख ) हस्तान्तरण गरियो ।   

उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा न. ८ का वडाध्यक्ष गोपी चन्द्र गौतम , वडा न.५ का वडाध्यक्ष ध्यान बहादुर भारती, सेवा केन्द्र संचालन सहयोग समिति सदस्य छविलाल शिवाकोटी, साहारा नेपाल ( साकोस ) शनिस्चरे शाखा प्रबन्धक लक्ष्मी प्रसाद रिजाल लगायत कर्मचारीहरु अमिप कु गणेश, अन्जना कार्की र सुस्मा सुवेदी लगायतको उपस्थिति रहेको शनिस्चरे शाखा प्रबन्धक लक्ष्मी प्रसाद रिजालले अर्जुनधारा डट कमसंग को कुराकानीमा बताए  ।  

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com