श्रम संस्कृती पार्टी कर्णालीले पायो समानुपातिक सांसद ।

सुर्खेत :समानुपाति सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टिका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचन २०८२ हुन ३ महिना अगि मात्रै स्थापना गरेको श्रम संस्कृती पार्टीले निर्वाचन आयोगमा दर्ता गरेका थियोे ।
सो पार्टीले निर्वाचनमा भाग लिन प्रत्यक्ष तर्फबाट १०९जना र समानुपातिक तर्फ ११० उम्मेदवार उठाएको थियो l निर्वाचन मत परिणाम सोचे जस्तो नपाए पनि पाँचौ स्थानमा अग्रता रहि राष्ट्रिय पार्टी बन्न भने सफल भएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न श्रम संस्कृति पार्टीले पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै ४ सिट सुरक्षित गरेको थियो। सोही आधारमा पार्टीले चार जना सांसद सिफारिस गर्ने निर्णय गरेको हो।
उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु,खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला,दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।




