समाचारखेलकुद

मोबाइल एप तथा वेबसाइटमार्फत यसरी निःशुल्क हेर्नुहोस्, टी-२० विश्वकपको लाइभ

काठमाडौँ । हिजो शनिबारदेखि भारत र श्रीलङ्कामा सुरु भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ खेल सुरु भइसकेका छन् । नेपाल समेत सहभागी यो प्रतियोगिताका खेलहरू आईसीसीको आधिकारिक वेबसाइट (icc-cricket.com/icc-tv) प्लेटफर्ममा लाइभको व्यवस्था मिलाइएको छ, जुन निःशुल्क रूपमा हेर्न सकिन्छ ।

विश्वका विभिन्न देशमा जारी टी-२० विश्वकप हेर्न टेलिभिजन च्यानलहरूका अतिरिक्त प्रमुख माध्यम आईसीसी प्लेटफर्म नै हो । जसमा अङ्ग्रेजी, हिन्दीका अलावा नेपाली कमेन्ट्री समेत समावेश गरिएको छ ।

नेपालमा एक निजी प्लेटफर्म स्टाइक्सबाट पैसा तिरेर विश्वकपका खेल हेर्न सकिने भन्दै प्रचार गरिएको भए पनि पहिलो दिनका तीनै खेल आईसीसीकै प्लेटफर्ममार्फत नेपालमा देखाइएको थियो । जियो लकका कारण नेपालले खेल्ने खेल मात्र नेपालभित्रबाट हेर्न नसकिने हुन्छ अथवा अन्य खेल जस्तै निरन्तर निःशुल्क लाइभ उपलब्ध हुन्छ भन्ने चाहिँ स्पष्ट हुन बाँकी छ ।

यदि तपाईंले आईसीसीको एप तथा वेबसाइटमा गएर साइन अप अर्थात् अकाउन्ट खोलेर लगइन गर्नु भयो भने विश्वकपको लाइभमा सजिलै एक्सेस पाउनु हुनेछ ।

आईसीसीको लाइभ हेर्न वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्, आईओएस एपका लागि यहाँ क्लिक गर्नुहोस् अनि एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् ।

वेबसाइट अथवा एपमा गएर साइनअप गर्ने ठाउँमा जानुहोस् । अनि आफ्नो नाम, थर, ईमेल एड्रेस (ओटीपी कोड मार्फत भेरिफिकेसन गर्ने), देश, पासवर्ड सहितको विवरण राखेर अकाउन्ट तयार पार्नुहोस् । यस बाहेक सजिलो उपायको रूपमा तपाईंले साइन इन विथ गुगल, फेसबुक वा एप्पलको विकल्प समेत रोज्न सक्नु हुन्छ ।

यति गरिसकेपछि अब लगइन गरेर म्याच चलिरहेको बेला तपाईंले म्याच सेन्टर मार्फत लाइभ हेर्न सक्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com