Site icon Hamropusta

आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाइयो

देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती मनाइयो। प्रत्येक वर्ष पौष २७ गते आधुनिक नेपालको एकीकरण गर्ने नेता पृथ्वी नारायण शाहको सम्झनामा यो दिवस मनाइन्छ।

जयन्तीको अवसरमा सिंहदरबारको पश्चिमी ढोकामा रहेको पृथ्वी नारायण शाहको सालिकमा पुष्पहार अर्पण गरिएको थियो।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष बिमला घिमिरेसहित विभिन्न मन्त्री, नेताहरू र शुभेच्छुकहरूले पुष्पहार अर्पण गरे।

Exit mobile version