अन्तरवार्ताआजको तस्बिरआजको पत्रपत्रिकाकर्णाली प्रदेशपत्रपत्रिकाशिक्षासफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जाल

गोमा श्रेष्ठको Dr बन्ने सफना पुराहुदै।

8 / 100 SEO Score

 

  • कर्णाली

एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने भएका छन्।

भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको सर्वत्र चर्चा चलेको थियो।

 

समाजसेवी समेत रहेका गुरुङ दम्पती गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यस्तो वाचा गरेका हुन्।

 

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ र श्रीमती सावित्री गुरुङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com