अध्यात्म/दर्शनआजको तस्बिरआजको पत्रपत्रिकापत्रपत्रिकाराजनीतिसफलताको कथासमाचारसम्पादकीयसामाजिक सञ्जाल

‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता सनाखत गरेर फर्कंदै, मेयर हर्क साङपाङ.

काठमाडौँ ।

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ दर्ता प्रक्रिया एक कदम अगाडि बढेको बताएको छ ।inbound3131657496545280665

आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताको प्रक्रिया पूरा गरेका गरेका थिए । बाँकी प्रक्रिया सम्बन्धित शाखाबाट रुजु गर्ने काम बाँकी नै रहेकाले आयोगको बैठक बसरे निर्णय लिने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।inbound3371384870020549758

‘उहाँ आएर हस्ताक्षर गर्नुभएको छ, दल दर्ताका लागि एक स्टेप आगडि बढेको छ । सम्बन्धित शाखाबाट बाँकीको प्रक्रिया अगाडि बढिरहेको हुनाले प्रमाणपत्र दिइएको छैन,’ भट्टराईले रातोपाटीसँग भने, ‘सबै प्रक्रिया पूरा भएपछि आयोगको बैठक बसेर निर्णय गर्छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र दिइन्छ । दल दर्ताका लागि पाँच सय जनाको हस्ताक्षर हुनुपर्छ ।’inbound5233912651051182895

साम्पाङले गत असोजमा दल दर्ताका लागि निवेदन दिएका थिए । ‘माटो’ चुनाव चिह्नका साथ आगामी निर्वाचनमा होमिने उनले बताएका छन् । दल दर्ताका लागि कम्तीमा पाँच सयको हस्ताक्षर चाहिने प्रवक्ता भट्टराईले जानकारी दिए ।inbound5131997905423771281

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com