प्रदेशबिज्ञान प्रविधिशिक्षासमाचार

‘आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नुपर्दैन’

 सारांश

  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने जनाएको छ।
  • सूर्यग्रहण नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको सुतक नलाग्ने कुरा धर्मशास्त्रविद् देवमणि भट्टराईले बताए।
  • सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलियालगायतका देशबाट मात्र देखिनेछ।

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।

आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com