काठमाडौ =
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सतिशाल बनेर रक्षा गर्नुभयो । भीडको अराजकतालाई तपाईले निडरताका साथ सेफल्याण्डिङ गरेर गणतन्त्र जोगाइदिनुभयो कोटीकोटी सलाम । प्रधानसेनापति दरबारतिर ढल्किँदा सैनिक विद्रोह नै गर्न तयार भएर व्यवस्था जोगाइदिनुभएकोमा उपरथी यामबहादुर अधिकारीलाई पनि उच्च सलाम !
• बालेन सुशीलालाई प्रधानमन्त्री बनाएर ज्ञानेन्द्र मार्फत सपथ खुवाउने कुख्यात षड्यन्त्रमा थिए । त्यो सपना तुहियो । अराजक भीडले देश जलायो तर युवाको एजेन्डा कोल्याप्स भएको छ !
• अवैध आफ्नो सत्ताले ६ महिना भित्र निर्वाचन गर्न सकेन भने के हुन्छ ? सिधै राष्ट्रपति शासन सुरु हुन्छ । कुनै पनि दलले संसद विघटन मानेन । विशेषतः ठूला दलहरूले । सुशीलाले निर्वाचन गराउन सकिनन भने यहाँ वैकल्पिक राजनीति को सपना समाप्त हुन्छ ।
• बालेन एक्लै निर्वाचन लड्ने होइन होला । सबै लड्छन । देशभरबाट निर्वाचन जित्नुपर्ला । सम्भव होला ! अरुले तिम्रो सिंहदरबार जलाउने एजेन्डामा सहमति जनाएनन भने के गर्छौं !
• युवाको भ्रष्टाचार विरोधी आन्दोलन बालेन, दुर्गा प्रसाईको अराजक राजावादी झुन्ड, रास्वपा र प्रधानसेनापति को कुख्यात षड्यन्त्रले देश खरानी भयो युवाको आन्दोलन तुहियो ।
• बालेनले देश खरानी बनायो, युवाको बलिदान सकियो ! थोरै तिमीले जितेजस्तो लागे पनि आवरण मा युवाको एजेन्डा लुहिएको छ !
• सबै पक्ष नसमेटिने र ६ महिनामा निर्वाचन भएन भने त्यतिबेला देशमा राष्ट्रपति शासन सुरु हुन्छ । संविधान की हत्यारा सुशीला र बालेनहरूको समाप्ति पनि त्यहि विन्दू हो । अहंकारले ओली सकिए सनकले बालेन !
• निर्दलीय सरकार बनाएर पनि काम गर्न सकेन भने दलमाथि प्रश्न गर्न सकिँदैन । समेट्न सकिएन भने त्यो फेलियर हुन्छ । लिडरसीप भनेको हा हा र हु हु मा हुन्न !
लेख :भुवन सिंह बिष्ट, सोसेल मिडिया फेस्बुक