Site icon Hamropusta

संयमता अपनाएर संवाद गर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश

gutres 20220226042716 OhjWYgqEgU IYOvkq0h65

सुर्खेत  : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयमता अपनाउन आग्रह गरेका छन्। महासचिव गुटरेसले सामाजिक सञ्जालमार्फत संयमता अपनाएर रचनात्मक बाटो तय गर्न आग्रह गरेका हुन्।

उनले आफूले नेपालमा विकसित घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गरेका छन्। ‘नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसालाई थप बढ्नबाट रोक्नका लागि गहन अनुसन्धान, संयम र रचनात्मक बाटो तय गरेर संवाद गर्न आग्रह गर्दछु,’ उनले भनेका छन्।

उनले मानव अधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्। जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन्।

Exit mobile version