अपराध /सुरक्षासमाचार

संसद् भवन परिसरको सुरक्षा गर्न पस्यो सेनाको टोली

काठमाडौँ- प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संसद् भवन परिसरमा पसेको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याक अपका रुपमा परिचालित सेना संसद् भवनमा परिसरमा पसेको हो ।

संसद् भवनको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई छ । तर प्रदर्शनकारीको लगातार निशानामा परेपछि परिचालित भएको सेना संसद् भवनमा प्रवेश गरेर सुरक्षाकमान्ड सम्हालेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com