अन्तराष्टिय समाचारअपराध /सुरक्षासमाचार

छोराको हत्या गरी फरार ‘माेस्ट वान्टेड’ अमेरिकी महिला भारतमा पक्राउ

 

वासि‌गटन डिसी, ६ भदौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले भारतबाट शीर्ष १० मोस्ट वान्टेड फरार महिलालाई पक्राउ गरेको छ ।

 

सिन्डी रोड्रिग्ज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोप छ ।

 

एफबीआई निर्देशक काश पटेलले बिहीबार एक्समार्फत यो जानकारी दिएका हुन । उनले सिन्डीले आफ्नो ठेगानाको बारेमा झूट बोलेको र त्यसपछि भारत भागेको बताए। एफबीआईले भारतीय अधिकारी र इन्टरपोलको सहयोगमा सिन्डीलाई २० अगस्ट २०२५ मा भारतबाट हिरासतमा लिएको हो । उनलाई अमेरिका फिर्ता पठाइएको छ, जहाँ उनीविरुद्ध कानुनी कारबाही गरिने छ।

 

सिन्डी एफबीआईको शीर्ष १० मोस्ट वान्टेड फरारको सूचीमा परेकी थिइन्। एफबीआईले उनको बारेमा जानकारी दिनेलाई २‍.५० लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा गरेको थियो । काश पटेलका अनुसार पछिल्लो ७ महिनामा पक्राउ पर्ने चौथो मोस्ट वान्टेड फरार व्यक्ति हुन् ।

 

अनुसन्धानका क्रममा सिन्डीले नोएल आफ्नो जैविक पितासँग नोभेम्बर २०२२ देखि मेक्सिकोमा रहेको दाबी गरिन्त र दुई दिनपछि उनी श्रीमान् अर्शदीप र ६ जना छोराछोरीसँग भारतको उडानमा देखिएकी थिइन् तर नोएल त्यहाँ थिएनन्।

 

टेक्सासका अधिकारीहरूले नोभेम्बर २०२३ मा उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरेका थिए। एफबीआईले जुलाई २०२५ मा सिन्डीलाई आफ्नो मोस्ट वान्टेड सूचीमा समावेश गरेको थियो।

 

सिन्डी रोड्रिग्जको जन्म १९८५  मा डलास, टेक्सासमा भएको थियो। भारत र मेक्सिकोसँग पनि उनको सम्बन्ध थियो । अमेरिका पुगेपछि सिन्डीलाई टेक्सासका अधिकारीहरूलाई सुम्पिनेछ, जहाँ उनीमाथि हत्या र अन्य आरोपमा मुद्दा चलाइने छ।

hatya

सिन्डीको गिरफ्तारी अघि, डलास एफबीआई प्रमुख जो रोथ्रोकले भने कि नोएलको बेपत्ता र हत्याको मामला हामी सबैको हृदयमा छ। सिन्डीलाई मोस्ट वान्टेडको सूचीमा राखेर, हामी विश्वभरिबाट उनको बारेमा जानकारी मागिरहेका छौं ताकि उनलाई पक्राउ गर्न सकियोस्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com