Site icon Hamropusta

ट्रम्पको प्रस्ताव– पुटिन र जेलेन्स्कीसहित त्रिपक्षीय बैठक पाँच दिनपछि गरौँ

trump putin4 1755353825

सुर्खेत  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि युरोपेली नेताहरूलाई अगस्त २२ मा पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठक आयोजना गर्न चाहेको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जेलेन्स्कीले शनिबार एक्समा एक पोस्टमार्फत सोमबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने बताएका छन् । अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियोसका अनुसार ट्रम्पले युरोपेली नेताहरूलाई सोमबारको ह्वाइट हाउस बैठकमा सहभागी हुन पनि निम्तो दिएका छन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले शनिबार जेलेन्स्की र ट्रम्पबीचको सोमबारको भेटपछि त्रिपक्षीय बैठक हुने अपेक्षा गरिएको बताएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

हालसम्म रुसी पक्षले त्रिपक्षीय बैठकप्रति सार्वजनिक रूपमा प्रतिबद्धता जनाएको छैन ।

यसअघि एक अमेरिकी अखबारले एक स्रोतलाई उद्धृत गर्दै पुटिनसँगको भेटपछि ट्रम्पले युरोपेली नेताहरूसँगको टेलिफोन कुराकानीमा युक्रेनले डोनबास क्षेत्रको बाँकी भाग रूसलाई छोड्ने, जसमा रुसी सेनाले कब्जा नगरेका क्षेत्रहरू पनि समावेश रहेको  व्यहोराको शान्ति सम्झौताको प्रस्ताव गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

यसको बदलामा युक्रेनको बाँकी क्षेत्रमा हालको युद्धरत सीमामा युद्धविराम र किभ र युरोप दुवैका लागि सुरक्षा प्रत्याभूति प्रदान गरिने तासले उल्लेख गरेको बताइएको छ ।

Exit mobile version