कर्णाली प्रदेशप्रदेशसमाचारस्थानीय समाचार

दैलेखमा कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा सडक अवरुद्ध

4 / 100 SEO Score

सुर्खेत  । दैलेखमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आठबिस नगरपालिका–४, खिड्की जिउलानजिक सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार (भदौ १) बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोट–डोल्पा सडक अवरुद्ध
जाजरकोटमा पनि सडक अवरुद्ध छ । नलगाड नगरपालिका–८ र ९ को सीमामा जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब साढे ८ बजे उक्त स्थानस्थित तात्रागाड खोलामा पानीको बहाव बढ्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नलगाड–११, चौखा खोलामा पनि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध छ । अविरल वर्षासँगै आइतबार बिहान करिब साढे ६ बजे उक्त स्थानस्थित खोलामा पानीको बहाव बढ्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com