Site icon Hamropusta

२६ औं स्थापना दिवसको अवसरमा १२ जना फोजिन कर्मीहरुल्लाई सम्मान पुरुस्कृत

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा मङ्गलबार १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने नाम सार्वजनिक गरेको छ ।

साउन २६ गते फोनिज सचिवालय बैठकले निर्णय गरेअनुसार फोनिज सम्मान २०८२ बाट पूर्व अध्यक्ष गजुरधन राई (नेपाल टेलिभिजन), पूर्व उपाध्यक्ष अमरध्वज लामा (रेडियो शार्दूल) र राजवंशी भाषाको त्रैमासिक पत्रिका ‘कोचिला सामाद’ (झापा) सम्मानित हुनुहुनेछ । त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनुहुनेछ ।

सोहीअनुसार पत्रकार मच्छे गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ प्रदान गरिनेछ । फोनिज ललितपुर शाखाकी पूर्व सदस्य उहाँ अहिले अमेरिका बस्दै आउनुभएको छ । अमेरिकामा रहेर नेपाली भाषा र पत्रकारिताको प्रवर्धनमा उहाँले भूमिका खेल्दै आउनुभएको छ ।

सोहीअनुसार फोनिज मलेसिया पुरस्कारबाट दुई जना पत्रकार सम्मानित हुनुहुनेछ । फोनिज मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरीका अनुसार पुस्कृत हुनुहुने पत्रकारमा ज्ञानेन्द्र थोकर तामाङ (मकवानपुर) र सपना थामी (दोलखा) रहनुभएको छ । उहाँहरु सबैलाई स्थापना दिवसको अवसरमा मङ्गलबार सम्मानित गरिने फोनिज सङ्घीय समितिका अध्यक्ष लक्की चौधरीले जानकारी गराउनुभयो ।

ज्ञानेन्द्र मकवानपुरबाट प्रकाशित हुने राक्सिराङ साप्ताहिक सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै, पत्रकार थामी गोरखापत्र अनलाइन, काठमाडौंमा कार्यरत रहनुभएको छ ।

त्यस्तै, फोनिज युके पुरस्कारबाट पनि दुई जना पत्रकार सम्मानित हुनुहुनेछ । त्यस्तै, फोनिज बागमती प्रदेशले स्थापना गरेको पुरस्कारबाट एक जना पत्रकार पुरस्कृत हुनुहुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा केन्द्रिय कार्यसमितिले काठमाडौं वालुवाटार त(द्दज्ञ प्लालेसमा साउन २७ गते मङ्गलवार दिउँसो ४ बजे  हुने कार्यक्रमको तयारी करिब पूरा भएको आयोजकहरुको भनाइ छ ।

Exit mobile version