अपराध /सुरक्षाकर्णाली प्रदेशप्रदेशसमाचार

कानुन व्यवसायीकाे परीक्षामा मदिरा सेवन गर्ने परीक्षार्थी नेवारे स्कुलबाट पक्राउ

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ अधिवक्ता तहको परीक्षामा एक परीक्षार्थी मदिरा सेवन गरेर उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

 

वीरेन्द्रनगर नगरपालिका–१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना माध्यमिक विद्यालय, नेवारेमा परीक्षा चलिरहेको बेला जिल्ला दैलेख दुल्लु नगरपालिका–५ का ४५ वर्षीय नगेन्द्र बहादुर थापा मदिरा सेवन (मापसे) गरी उपस्थित भएका थिए।

परीक्षामा बाधा पुर्‍याउने अवस्था देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com