Site icon Hamropusta

जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप तिला नदीमा खस्याे, सात जना घाइते

Screenshot 2025 08 08 13 12 30 846 com.facebook.lite edit

सुर्खेत । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना भएको छ । खुलालु–जुम्ला सडक खण्डको खाँडाचक्र नगरपालिका– १० गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटना भएको हो ।

 

दुर्घटनामा घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

उनका अनुसार जिप सडकबाट अन्दाजी एक सय मिटर तल तिला नदी किनारामा खसेको छ । जिप सवार सबैको उद्धार गरिसकिएको छ । घाइतेहरुको सनखात हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version