समाचारस्थानीय समाचार

सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा ‘नाइन्टिन ओ सेभेन’ क्रिकेट रङ्गशाला निर्माण सुरु

सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा ‘नाइन्टिन ओ सेभेन’ क्रिकेट रङ्गशाला निर्माण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको जन्मस्थान स्याङ्जाको अर्जुनचौपारी–५ थाप्लेमा उनको सम्मानमा ‘नाइन्टिन ओ सेभेन एरिना’ नाम दिइएको क्रिकेट रङ्गशाला निर्माण सुरु गरिएको छ।

गाउँपालिकाको लगानी र स्थानीयको जनश्रमदानमा मैदान निर्माण थालिएको हो। हाल वर्षाका कारण काम रोकिएको छ भने वर्षा सकिएपछि तीव्र गतिमा काम अघि बढाइने बताइएको छ।

समुद्री सतहदेखि १,९०७ मिटर उचाइमा रहेको मैदान राष्ट्रियस्तरको मापदण्ड अनुसार निर्माण भइरहेको छ। सिरुबारी होमस्टे नजिकै रहेकोले क्रिकेट र पर्यटन जोड्न सकिने विश्वास गरिएको छ।

रङ्गशाला निर्माणपछि राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने र नयाँ प्रतिभा उजागर गर्ने लक्ष्य लिइएको छ। अभ्यासका लागि छुट्टै मैदानको व्यवस्था पनि गरिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com