Site icon Hamropusta

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ? यी अस्पतालमा गरिन्छ नि:शुल्क पीसीआर

वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुका लागि सरकारले पीसीआर परीक्षण निः शुल्क गर्ने भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वैदेशिक रोजगारीमा जाने कामदारका लागि निः शुल्क पीसीआर परीक्षण शुरु गरिएको जानकारी दिए।

 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नि:शुल्क पीसीआर परिक्षण गरिने उनले बताए। उनकाअनुसार पीसीआर परीक्षणका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजातहरू पेश गर्नुपर्ने छ।

यसअघि वैदेशिक रोजगारीमा जानेले पीसीआर परीक्षण शुल्क तिरेर गर्नु पर्यो।

Exit mobile version