Site icon Hamropusta

एमसीसी सकस, संसद्‍ बैठक फेरि स्थगित

काठमाडौं : फागुन २ का लागि तोकिएको संसद्‍ बैठक फेरि स्थगित भएको छ । संघीय संसद्‍का महासचिव भरतराज गौतमले आइतबार सुचना निकाली बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन्।

 

 

 

 

अर्को बैठक फागुन ४ गते बुधबार दिउँसो १ बजे बस्ने भनिएको छ। एमसीसी संसद्‍मा टेबल गर्नेबारे सत्तारुढ दलहरुबीच सहमती कायम नभएपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक स्थगित गरेका हुन्। बैठक विशेष कारणले स्थगित गरिएको सुचनामा उल्लेख छ।

Exit mobile version