प्रदेशकर्णाली प्रदेशखेलकुदसमाचार

अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित

 

सुर्खेत  । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो।

कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त् गरे।

हमालले आफूले पनि जिवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गर्दै भलीवल राष्ट्रिय खेल भएको बताए। यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन्। हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे।

कर्णाली यसभिएसले बिहिबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ। पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com