समाचार

कुवेतमा ‘विषाक्त मदिरा पिउँदा’ १६ नेपाली श्रमिकको मृत्यु, अन्य नेपाली बिरामी ।

कुवेत।

कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकोमा केहीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार केही बिरामीहरुको गम्भीर अवस्थामा उपचार भइरहेकाे छ ।

 

घटनापछि राजदूतसहितको टोलीले तुरुन्तै विभिन्न अस्पताल पुगेर बिरामीको अवस्था बुझेको छ र कुवेतको स्वास्थ्य मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, स्वास्थ्यका लागि हानिकारक खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन विशेष आग्रह गरिएको छ।

यस्तो छ दूतावासको विज्ञप्तीinbound5126338445978178414

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com