समाचार

राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।राप्रपाले गत पुस १० गते आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो।

गत माघ २ गते राप्रपालाई निर्देशनात्मक पत्र पठाउँदै निर्वाचन आयोगले विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनेको हो।

‘विधानको प्रस्तावनाको ४ मा उल्लेखिद सनातन हिन्दु राष्ट्र एवम राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन,’ राप्रपालाई आयोगले पठाएको पत्रमा उल्लेख छ।

यस्तो वाक्यांशसहितको विधान सात दिनभित्र पेश गर्न पनि निर्देशन दिइएको छ। यस्तै, राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको पार्टी हो।

‘नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरावलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्य भागमा गाई चिन्ह भन्ने वाक्यांश हटाउन हुन,’ पत्रमा भनिएको छ। धर्मनिरपेक्ष राज्य मा धर्मको आडमा राजनीति गर्नु हुन्न भन्ने हेक्का राख्नुपर्छ।

FB IMG 1642907604059

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
PHP Code Snippets Powered By : XYZScripts.com