Site icon Hamropusta

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप, यी हुन् टपटेन एप

१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो ।

समग्रमा टिकटक पहिलो स्थानमा रहँदा मनोरञ्जन विधाको एपहरुमा नेटफ्लिक्स सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शपिङ विधामा Shopiphy ले बाजी मारेको छ । यो विधामा दोश्रो स्थानमा  Shein दोश्रो स्थानमा छ भने भारतीय एप Meesho तेश्रो स्थानमा छ ।

 

त्यस्तै अमेरिकामा शपिङ विधामा अमेजन पहिलो स्थानमा रहेको छ । विश्वव्यापी रुपमा अमेजन चौथो स्थानमा रहेको छ, जबकि गतवर्ष अमेजन पहिलो स्थानमा थियो । यो विधाको पाँचौ स्थानमा फ्लिपकार्ट छ ।

ट्राभल एपको सूचिमा गुगल म्याप सबैभन्दा धेरै डाउनलोड हुने एप बन्दा खाना तथा पेय विधामा म्याकडोनाल्ड र संगीत तथा अडियो विधामा स्पटीफाइ पहिलो बनेको छ । संगीत विधामा दोश्रो स्थानमा च्भ्ककय र तेश्रो स्थानमा युट्युब म्युजिक रहेको छ ।

रेमिटेन्स विधाका सर्वाधिक डाउनलोड भएका तीन एपमा पेपल, गुगल पे र फोनपे रहेका छन् ।

त्यस्तै डेटिङ एपमा टिन्डर पहिलो स्थानमा रहँदा बम्बल दोश्रो स्थानमा छ । बिजनेस एपमा जूम पहिलो स्थानमा रहँदा गुगल मिट दोश्रो, ह्वाट्सएप बिजनेस तेश्रो र माइक्रोसफ्ट टिम्स तेश्रो स्थानमा छन् ।

Apptoiaले सार्वजनिक गरेको सूची अनुसार सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एपहरु यी हुन् :

१. टिकटक (६५ करोड ६० लाख डाउनलोड)

२. इन्स्टाग्राम (५४ करोड ५० लाख डाउनलोड)

३. फेसबुक (४१ करोड ६० लाख डाउनलोड)

४. ह्वाट्सएप (३९ करोड ५० लाख डाउनलोड)

५. टेलिग्राम (३२ करोड ९० लाख डाउनलोड)

६. स्नापच्याट (३२ करोड ७० लाख डाउनलोड)

७. जूम (३० करोड डाउनलोड)

८. फेसबुक मेसेन्जर (२६करोड ८० लाख डाउनलोड)

९. क्यापकट (२५ करोड ५० लाख डाउनलोड)

१०. स्पटीफाइ (२० करोड ३० लाख डाउनलोड)

सन् २०२१ मा सर्वाधिक डाउनलोड भएका टपटेन गेम एप

Exit mobile version